आइएमई पेको सेन्ड मनी फीचरबाट पैसा पठाउदा शूल्क नलाग्ने

काठमाडौं । आइएमई पेमा रहेको सेन्ड मनी फीचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउदा कुनै शूल्क नलाग्ने भएको छ ।उक्त विशेषताहरूले नै सेवाग्राहीबीच आइएमई पे नेपाल कै सबै भन्दा राम्रो रहेको र सेवाग्राहीरूले सबैभन्दा बढी मन पराइरहेको पाइएको आइएमई पेले जनाएको छ ।

आइएमई

‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण नेपाली जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।

मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।

You might also like

Comments are closed.