आइएमएस सफ्टवेयर र फोकस वान पेमेन्ट सोलुसनबीच सहकार्य

काठमाडौं । आइएमएस सफ्टवेयर र फोकस वान पेमेन्ट सोलुसनबीच सहकार्य गर्ने सम्झौता (एमओयु) भएको छ । सम्झौता पत्रमा आइएमएस सफ्टवेयरको तर्फबाट प्रवन्ध निर्देशक सन्तोष ताम्राकारले र फोकस वान पेमेन्ट सोलुसनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणया राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै मोको डिजिटल वालेटलाई आइएमएस सफ्टवेयरको उपभोक्ता सफ्टवेयरसँग एकीकृत गर्ने सहमति भएको छ । यो सम्झौतासँगै भुक्तानी संघका प्रयोगकर्ताहरुले आइएमएस सफ्टवेयरद्वारा उत्पन्न गरिएका डायनामिक क्युआरकोड स्क्यान गरी भुक्तानी गर्न सक्षम हुने बताइएको छ ।

आइएमएस सफ्टवेयरले ७ डिजिटल भुक्तानी प्लेटफर्महरु सफलतापूर्वक एकीकृत गरेको छ । सरकारी कर्तव्य र राष्ट्रिय विकासको परिप्रेक्ष्यमा एकअर्काको कर्तव्य र कार्य पुरुक बनाउन दुवै पक्षले प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइएमएस सफ्टवेयर र मोको डिजिटल वालेटबीचको सहकार्यले कार्डलेस कारोबारलाई प्रवद्र्धन गर्दै डिजिटल नेपालको अभियानमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

You might also like

Comments are closed.