सूर्य ज्योती इन्टरकर्पोरेटेड प्रालि बन्यो इन्डाग रबरको आधिकारिक बिक्रेता

काठमाडौं । इन्डाग रबरका लागि आधिकारिक बिक्रेतामा सूर्य ज्योती इन्टरकर्पोरेटेड प्रालि नियुक्त भएको छ । राजधानी काठमाडौंसहित  बनेपा, पाँचथर, सिन्धुली, गोरखालगायत क्षेत्रका लागि इन्डाग रबरको आधिकारिक बिक्रेतामा सूर्य ज्योती नियुक्त भएको छ ।

सोमबार काठमाडौंमा आयोजीत एक कार्यक्रमबीच इन्डाग रबर लि. इन्डिया र सूर्य ज्योती इन्इटरकर्पोरेटेड प्रालिबीच डिलर सम्झौता भएको छ । इन्डाग रबर लि.का प्रतिनिधिहरुको उपस्थितिमा सम्झौता भएको हो ।

सो अवसरमा नेपालका रबर रिसोलिङ कम्पनीका सञ्चालक तथा प्रतिनिधिहरुको उपस्थितिमा अन्तरक्रिया तथा इन्डाग रबरका बारेमा छलफल तथा अन्तरक्रिया पनि सम्पन्न भएको छ ।

उक्त अवसरमा बोल्दै सूर्य ज्योतीका निर्देशक गौतम कुमार श्रेष्ठले भारतीय प्रतिष्ठित तथा सबैभन्दा ठूलो कम्पनी ब्राण्डसँग जोडिन पाउँदा खुसी लागेको बताए । सबै प्रकारका गाडीहरुमा प्रयोग हुने टायरहरु रिसोलिङ गर्नका लागि इन्डाग रबर उपयुक्त हुने उनले बताए ।

नेपालमा विशेष गरी सबै प्रकारका ट्रकका टायरहरु रिसोलिङ गर्ने गरिन्छ । एक पटक टायर रिसोलिङ गरिसकेपछि नयाँ जस्तै गरी गुडाउन सकिने फाइनान्स डाइरेक्टर सचिन श्रेष्ठले बताए ।

You might also like

Comments are closed.