काठमाडौं । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले बुधवार संसदमा वार्षिक बजेट प्रस्तुत गरेकी छन् । भारतीय वित्तमन्त्री सीतारमणले बुधबार पेस गरेको सन् २०२३ र२४ को बजेटमा नेपाललाई ५ अर्ब ५० करोड भारतीय रुपैयाँ ९आठ अर्ब ८० करोड नेपाली रुपैयाँ० सहयोग गर्ने उल्लेख छ ।
भारत सरकारले गत वर्ष नेपाललाई ७ अर्ब ५० करोड भारु (१२ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको थियो । तर, बजेटमा घोषणा भए अनुसारको सहयोग नभएको देखिएको छ ।गत वर्ष चार अर्ब २५ करोड भारु ९६ अर्ब ८० करोड नेपाली रुपैयाँ० मात्र नेपाललाई सहयोग गरिएको भारतीय बजेटमा उल्लेख छ ।
आउँदो वर्ष भारत सरकारले भुटानलाई सहयोगका लागि २४ अर्ब भारु छुट्ट्याएको छ ।भारतले छिमेकी तथा मित्रदेशहरूका लागि ५४ अर्ब भारु सहयोग गर्ने घोषणा नयाँ बजेटमार्फत गरेको छ । भारतले विगतदेखि नै सबैभन्दा बढी सहयोग भुटानलाई गर्ने गरेको छ । त्यस्तै, बजेटमा रक्षा क्षेत्रका लागि ५.९४ लाख करोड भारु छुट्याएको छ ।
अघिल्लो साल भारतको रक्षा बजेट ५.२५ लाख करोड भारु रहेको थियो । यो साल भारतले रक्षा क्षेक्रमा बढी बजेट छुट्याएको हो ।
भारत सरकारले दक्षिण एसियामा नेपालसहित भुटान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र मालदिभ्सलाई सहयोग गर्छ । भारतले दक्षिण पूर्वी एसिया र अफ्रिकी देशहरूलाई पनि सहयोग गर्ने गर्छ । एजेन्सी
Comments are closed.