काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् खरिद गर्न अनुमति दिएको छ । यो अनुमति अनुसार लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोला जस्ता पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारतमा पठाइनेछ ।
यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत् आयात गर्ने स्वीकृति दिइसकेको थियो भने थप २०० मेगावाट अनुमति पाउँदा कुल निर्यात क्षमता १,०११ मेगावाट पुगेको छ । यस्तै, नेपालले बंगलादेशमा पनि ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । यसरी कुल स्वीकृत विद्युत् निर्यात क्षमता १,०५०.९ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपालबाट भारतमा थप २०० मेगावाट विद्युत् निर्यात गर्ने यो अनुमति आगामी ३१ अक्टोबरसम्म मान्य रहनेछ । प्राधिकरणका अनुसार आर्थिक वर्ष ०८१/८२ मा भारतलाई विद्युत् निर्यातबाट करिब १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी भएको थियो, जसले नेपालको अर्थतन्त्रमा थप योगदान पुर्याएको छ ।
नेपालमा विद्युत् उत्पादन र निर्यातको विस्तारले देशको ऊर्जा क्षेत्रलाई बलियो बनाउँदै आर्थिक विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
Comments are closed.