इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवेका विजेताहरूलाई पुरस्कार हस्तान्तरण

काठमाडौं ।  विश्वव्यापी मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा आफ्नो प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ ।

क्याम्पेन अन्तर्गत टाटा एक्सप्रेस–टी इभी (क्याब ड्राइभर श्रेणी) का हरि पाण्डे र टिभिएस रेडर (बाइक/मोटो राइडर श्रेणी) का आकाश तामाङलाई ग्रान्ड प्राइज प्रदान गरिएको छ । दुबै विजेताहरू तीनवटै च्यालेन्ज सप्ताहमा निरन्तर प्लेटिनम स्थिति कायम राख्ने र भव्य पुरस्कारका लागि योग्य ठहरिएका ड्राइभरहरूबाट चयन भएका थिए ।

साथै, क्याम्पेनले अन्य ड्राइभर पार्टनर्सलाई साप्ताहिक पुरस्कारहरू पनि वितरण गरेको छ, जसमा वनप्लस नर्ड सिई४ लाइट ५जी स्मार्टफोनका १५ विजेताहरू, अल्टिमा एटम १९२ इयरबडका ३० विजेताहरू, र अल्टिमा नोभा प्रो स्मार्टवाचका ३० विजेताहरू समावेश छन् ।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर रिटेन्सन स्पेसलिस्ट सुनिता जीमी राईले विजेताहरूलाई बधाई दिँदै भनिन्, “हाम्रा ड्राइभर पार्टनर्स नेपालमा इनड्राइभको सफलताको आधार हुन् । यो अभियान उनीहरूको प्रतिबद्धता, व्यावसायिकता र योगदानको मान्यता दिने हाम्रो कदम हो। हामी ड्राइभरहरूलाई स्वतन्त्रता, निष्पक्षता र समर्थनका साथ सशक्त बनाउन प्रतिबद्ध छौं ।”

क्याम्पेनले ड्राइभर समुदायको योगदानको कदर गर्दै उनीहरूको उत्साहजनक सहभागिता र प्रतिबद्धतालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको थियो ।

You might also like

Comments are closed.