इनड्राइभ दशैं–तिहार: ‘प्लेटिनम ड्राइभर्स गिभअवे’

काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा दशैं–तिहारको अवसर पारेर आफ्ना ड्राइभर पार्टनर्सका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन सुरु गरेको छ । अघिल्लो संस्करणबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र सफलता देखेर यसपटक अभियानलाई अझ व्यापक र परिस्कृत बनाउने वाचा गर्दै यस अभियानलाई ल्याइएको हो ।

इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई सम्मान र पहिचान दिने उद्देश्यले यो क्याम्पेन सञ्चालन गरेको हो । यस अभियानमा ग्रान्ड प्राइजको रूपमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टीभीएस रेइडर मोटरसाइकल, साथै प्रिमियम स्मार्टफोन, स्मार्टवाच र इयरबड्स उपलब्ध छन् ।

“प्लेटिनम ड्राइभर्स गिभअवे” दुई चरणमा आयोजना हुँदैछ। पहिलो चरण फर्स्ट च्यालेन्ज भाद्र ९, २०८२ देखि भाद्र १५, २०८२ (अगस्ट २५–३१, २०२५) सम्म हुने छ । दोस्रो चरण सेकन्ड च्यालेन्ज (थ्री–वीक्स) भाद्र १६, २०८२ देखि असोज ५, २०८२ (सेप्टेम्बर ०१–२१, २०२५) सम्म आयोजना हुनेछ । यस अवधिमा प्लेटिनम स्ट्याटस कायम गर्ने चालकहरू साप्ताहिक पुरस्कारका लागि योग्य हुनेछन् भने सम्पूर्ण चरणहरूमा स्ट्याटस कायम गर्नेहरू ग्रान्ड प्राइजका लागि प्रतिस्पर्धा गर्न सक्नेछन् । राइडहरूको संख्या बढ्दै गएमा पुरस्कार जित्ने अवसर पनि त्यति नै बढ्ने छ।

पुरस्कारको सूचीमा प्रमुख रूपमा टाटा एक्सप्रेस–टी ईभी कार (क्याब ड्राइभर ग्रान्ड प्राइज), टीभीएस रेइडर मोटरसाइकल (बाइक राइडर ग्रान्ड प्राइज), साथै स्मार्टफोन, स्मार्टवाच र इयरबड्स साप्ताहिक विजेताका लागि राखिएका छन् ।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेशन म्यानेजर सुनिता जीमी राईले अभियानप्रति आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, “प्रतिज्ञा गरेअनुसार, हामी ठूलो र उत्कृष्ट अभियान लिएर फर्केका छौं । हाम्रा चालकहरू इनड्राइभ परिवारको केन्द्रमा छन् र हामी उनीहरूको कडा परिश्रम र समर्पणलाई सम्मान गर्ने मौका कहिल्यै गुमाउँदैनौं । दशैं–तिहारको अवसर पारेर मेगा गिभअवे ल्याउन पाउँदा हामी उत्साहित छौं । अविश्वसनीय मेगा गिफ्ट ह्याम्पर जित्ने मौका नछुटाउनुहोस् र अहिले नै राइड सुरु गर्नुहोस्। आउनुहोस्, यो चाडपर्वको मौसमलाई सँगसँगै उत्सवमय बनाऔं ।”

यस अभियानले नेपालभरिका इनड्राइभ चालकहरूलाई प्रोत्साहित र सम्मानित गर्ने मात्र नभई दशैं–तिहारको चाडपर्वलाई अझ रोमाञ्चक र उत्सवमय बनाउने उद्देश्य राखेको छ ।

You might also like

Comments are closed.