इनड्राइभद्वारा ‘ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ कार्यक्रम सम्पन्न

काठमाडौं । राइड–हेलिङ प्लेटफर्म इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ कार्यक्रम आयोजना गर्दै क्याब मोटरबाइक (मोटो) श्रेणीका उत्कृष्ट ड्राइभर पार्टनरहरूलाई सम्मान गरेको छ ।

काठमाडौंमा आयोजित औपचारिक समारोहमा प्लेटफर्ममा दीर्घकालीन प्रतिबद्धता देखाउँदै उत्कृष्ट सेवा प्रदान गरेका ड्राइभर–पार्टनरहरूको विश्वास, समर्पण निरन्तर उत्कृष्ट प्रदर्शनको कदर गर्दै सम्मान गरिएको हो । कार्यक्रममा विभिन्न श्रेणीका ड्राइभर पार्टनरहरूलाई एकै ठाउँमा ल्याई उनीहरूको योगदानलाई विशेष रूपमा प्रशंसा गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै इनड्राइभकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले उपस्थित सबैलाई स्वागत गर्दै ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ कार्यक्रमको महत्वबारे प्रकाश पारिन् । उनले ड्राइभर–पार्टनर यात्रुबीचको आपसी विश्वासलाई सम्मान गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताइन् । उनका अनुसार यही विश्वास नेपालमा इनड्राइभका सेवाहरू सञ्चालन हुने मुख्य आधार हो ।

अवार्ड वितरण समारोह विशेष अतिथि अभिनेत्री प्रियांका कार्कीको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा सुनिता जीमी राई, एपीएसीका ड्राइभर्स मार्केटिङ लीड योक्षा द्वी एड्रियान्टो तथा अनास्तासिया तेरेन्तिएभाले संयुक्त रूपमा विभिन्न विधाका विजेताहरूलाई सम्मान प्रदान गरेका थिए ।

कार्यक्रमअन्तर्गत तीन प्रमुख विधामा अवार्ड प्रदान गरिएको थियो। ‘टप परफर्मिङ ड्राइभर पार्टनर–पाँच वर्ष’ अन्तर्गत प्लेटफर्मप्रति दीर्घकालीन प्रतिबद्धता निरन्तर योगदानको कदर गर्दै १० जना क्याब तथा १० जना मोटो ड्राइभरलाई सम्मान गरिएको थियो ।

त्यस्तै ‘टप परफर्मिङ ड्राइभर पार्टनर–तीन वर्ष’ विधामा निरन्तर उत्कृष्ट सेवा समर्पणका लागि १० जना क्याब १० जना मोटो ड्राइभरलाई अवार्ड प्रदान गरिएको थियो ।

सन् २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका ड्राइभर–पार्टनरहरूलाई ‘टप परफर्मिङ ड्राइभर पार्टनर–२०२५’ विधाअन्तर्गत सम्मान गरिएको थियो । यसअन्तर्गत १० जना पुरुष क्याब, १० जना पुरुष मोटो, १० जना महिला क्याब तथा १० जना महिला मोटो ड्राइभरलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममार्फत कुल ८० जना ड्राइभर–पार्टनरहरूलाई उनीहरूको व्यावसायिकता, विश्वसनीयता तथा काठमाडौंमा शहरी यातायात सेवा सुदृढ बनाउन पुर्‍याएको योगदानका लागि सम्मान गरिएको थियो ।

समारोहको समापन सत्रमा बोल्दै एपीएसीका ड्राइभर्स मार्केटिङ लीड योक्षा द्वी एड्रियान्टोले प्लेटफर्मको दीर्घकालीन दिगोपनाका लागि सम्मान–आधारित संलग्नताको महत्वमा जोड दिए ।

उनका अनुसार ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ जस्ता पहलमार्फत इनड्राइभ नेपालले केवल संख्यामा आधारित प्रदर्शन मात्र होइन, इमान्दारिता, विश्वास उत्कृष्ट सेवा जस्ता मूल्यहरूलाई पनि प्राथमिकता दिँदै आएको छ, जसले नेपालमा प्लेटफर्मको विकासलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ ।

You might also like

Comments are closed.