काठमाडौं । स्मार्टफोन ब्रान्ड इन्फिनिक्स ले नेपाली बजारमा आफ्नो नयाँ मोडल ‘हट ५० प्रो प्लस’ सार्वजनिक गरेको छ। आधुनिक डिजाइन, दमदार स्पेसिफिकेसन र प्रतिस्पर्धी मूल्यका साथ सार्वजनिक गरिएको यो फोन युवा पुस्तालाई लक्षित गरिएको बताइएको छ।
यो स्मार्टफोनमा ६.७८ इन्चको फुल एचडी+ एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट, र इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर जस्ता विशेषताहरू छन्।
‘हट ५० प्रो प्लस’ मा १०८ मेगापिक्सेलको प्राइमरी क्यामरा, एआई डुअल क्यामरा सेटअप र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा दिइएको छ, जसले फोटोग्राफी प्रेमीहरूलाई आकर्षित गर्ने विश्वास लिइएको छ।
फोनमा मेडियाटेकको हेलियो जी९९ अल्ट्रा चिपसेट, ८ जीबी र्याम (र ८ जीबी भर्चुअल र्याम) र २५६ जीबी स्टोरेज दिइएको छ। साथै, ५ हजार एमएएच ब्याट्री र ३३ वाट फास्ट चार्जिङ सपोर्टसहित फोन सशक्त प्रदर्शनका लागि तयार गरिएको छ।
नेपालमा इन्फिनिक्स हट ५० प्रो प्लसको मूल्य करिब रु. २४,९९९ तोकिएको छ। मूल्यको हिसाबले यसमा उपलब्ध फिचरहरू निकै आकर्षक रहेको उपभोक्ताहरूको प्रतिक्रिया देखिएको छ।
यो स्मार्टफोन नेपाली बजारका प्रमुख मोबाइल पसलहरू तथा अनलाइन प्लेटफर्महरू मार्फत खरिद गर्न सकिनेछ। कम्पनीले निकट भविष्यमा प्रोमोशनल अफरहरू ल्याउने जानकारी पनि दिएको छ।
Comments are closed.