काठमाडौं । इन्फिनिक्सले नेपाली बजारमा ग्राहक सन्तुष्टिलाई ध्यानमा राख्दै दुई नयाँ सुविधा ल्याएको छ । कम्पनीले हालै १८ महिनाको विस्तारित वारेन्टी र एकपटक निःशुल्क स्क्रिन रिप्लेसमेन्ट सुविधा सार्वजनिक गरेको हो । अबदेखि इन्फिनिक्सका सबै नयाँ स्मार्टफोनहरूमा १२ महिनाको सट्टा १८ महिनासम्मको वारेन्टी पाइनेछ, जसले ब्रान्डको उत्पादनप्रतिको विश्वास र दीर्घकालीन सम्बन्धमा योगदान पुर्याउनेछ ।
साथै, HOT 50i, Smart 10, Smart 10 Plus, GT20 Pro, GT 30 Pro, Note 50X लगायतका स्मार्टफोनमा उपकरण सक्रिय भएको मितिबाट १०० दिनभित्र एकपटक निःशुल्क स्क्रिन फेर्न सकिने सुविधा पनि दिइनेछ । यो सुविधा २०८२ असार १७ गतेदेखि कात्तिक १४ गतेसम्म लागू हुनेछ ।
साथै, इन्फिनिक्स स्मार्टफोनहरूले Band 20 LTE कनेक्टिभिटी सपोर्ट गर्ने भएकाले देशका पहाडी तथा ग्रामीण क्षेत्रमा समेत भरपर्दो नेटवर्क सुविधा सुनिश्चित हुने कम्पनीले जनाएको छ । इन्फिनिक्स नेपालका नेसनल सेल्स म्यानेजर पियुष गिरिले ग्राहक सन्तुष्टि र मूल्य प्रदान गर्न कम्पनी सधैं प्रतिबद्ध रहेको बताएका छन् । यी सुविधाहरूले इन्फिनिक्सलाई नेपाली बजारमा अझ लोकप्रिय बनाउने अपेक्षा गरिएको छ ।
Comments are closed.