जि टी थ्रटी प्रोको धमाकेदार लञ्च: इन्फिनिक्सले सार्वजनिक गर्‍यो गेमरहरूका लागि बनेको स्मार्टफोन

काठमाडौं ।नेपाली गेमिङ समुदायलाई लक्षित गर्दै Infinix Nepal ले आफ्नो नयाँ गेमिङ स्मार्टफोन GT 30 Pro नेपाली बजारमा रु. ४७,९९९ मा सार्वजनिक गरेको छ। यो केवल स्मार्टफोन लञ्च नभई ओरिजिनल गेमरहरू (OG) का लागि बनेको शक्तिशाली उपकरणको घोषणा हो।

GT 30 Pro को भव्य लञ्च कार्यक्रम नेपालको सबैभन्दा ठूलो ईस्पोर्ट्स इभेन्ट PUBG MOBILE Super League (PMSL) CSA Spring Finals Watch Party मा, असार ७ गते भक्तपुरको Infinity Lounge मा आयोजना गरिएको थियो। कार्यक्रममा PUBG Mobile का टप प्लेयरहरू, स्ट्रिमरहरू र हजारौं फ्यानहरूको उपस्थितिमा Infinix ले GT 30 Pro को शानदार अनावरण गर्‍यो।

 गेमरहरूका लागि डिजाइन गरिएको GT 30 Pro:

Dimensity 8350 Ultimate (5.5G) चिपसेट

१६GB RAM (८+८GB Extended) + २५६GB स्टोरेज

GT ट्रिगरहरू – कन्सोल जस्तै गेमिङ्ग अनुभव

१४४Hz 1.5K AMOLED डिस्प्ले

5000mAh ब्याट्री + ४५W फास्ट चार्जिङ + ३०W वायरलेस चार्जिङ

१०८MP रियर + १३MP फ्रन्ट क्यामेरा

Mechanical Light Wave Design

XOS 15 (Android™ 15 मा आधारित)

१५ महिनाको वारेन्टी, उपलब्ध रंग: Shadow Ash, Blade White, Dark Flare

Infinix: नेपालको पहिलो ईस्पोर्ट्स-रेडी स्मार्टफोन ब्रान्ड

GT 20 Pro को सफलतापछि, GT 30 Pro को आगमनले Infinix ले नेपालमा मोबाइल ईस्पोर्ट्सलाई नयाँ स्तर मा पुर्‍याएको छ। PMSL Watch Party मा गरिएको सार्वजनिक घोषणा Infinix को ईस्पोर्ट्सप्रतिको प्रतिबद्धताको प्रमाण हो।

GT 30 Pro अहिले नै देशभरका अधिकृत विक्रेताहरू र अनलाइन स्टोरहरूमा उपलब्ध छ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.