पोखरा । पोखराको न्युरोडमा रहेको ‘इन्स्पायर ग्लोबल एजुकेसन प्रा.लि.’ (Inspire Global Education) नवौं वर्षमा प्रवेश गरेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई प्रालिले परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
इन्स्पायर एजुकेशनको आठौं वार्षिकोत्सवको अवसरमा कम्पनीका निर्देशक डम्बर बहादुर जिसीले सम्पूर्ण विद्यार्थी, सेवाग्राही, विदेशस्थित विश्व विद्यालय, कलेज लगायत सरोकारवाला सबैप्रति आभार व्यक्त गरेका छन् ।
इन्स्पायर एजुकेशनले अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, युके र युएसएमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । ‘हामीले विद्यार्थीका लागि सत्य तथ्य परामर्श प्रदान गर्दै आवश्यक सेवा प्रवाह गरिरहेका छौं,’ उनले भने, ‘विद्यार्थी तथा अभिभावकको विश्वास जित्न सफल हुनु नै हाम्रो सफलता हो ।’
Comments are closed.