बिबाहमा दाइजोको सट्टा बिमा पोलिसी हस्तान्तरण

काठमाडौं । छोरीको बिबाहमा दाइजोको सट्टामा एक परिवारले बिमा पोलिसी हस्तान्तरण गरेका छन् । गोरखा आरुघाट गाउँपालिका वडा नं. ९ निवासी बुद्धिमान उपरकोटीको छोरी स्मृति उपरकोटीको बिबाहमा दाइजो नदिइकन बिमा पोलिसी हस्तान्तरण गरिएको हो ।

उनको बिबाह लमजुङको राइनस निवासी राजु रम्तेलसँग हालै भएको थियो । माइती पक्षबाट बेहुला बेहुली दुवैको बिमा गरेर पोलिसी हस्तान्तरण गरिएको बेहुलीका दाजु सरोज उपरकोटीले आर्थिक आवाजलाई जानकारी दिए ।

युनियन लाइफ इन्स्योरेन्समार्फत उनीहरुको बिमा गरिएको छ । बेहुला बेहुली दुवै जनालाई २०/२० लाख रुपैयाँको बिमा गरिएको दाजु सरोजले जानकारी दिए ।

jutta mela

पोलिसी हस्तान्तरणका लागि गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, सिनियर एजेन्सी म्यानेजर ज्ञोनेन्द्र ढुंगाना, गोरखा शाखा प्रमुख शिवराम अर्याल लगायत बेहुलीको घर पुगेका थिए ।

You might also like

Comments are closed.