बीमालाई थप परिष्कृत र मर्यादित बनाइन्छ : अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले देशमा विस्तारित हुँदै गएको बीमा व्यवसायलाई थप परिष्कृत, मर्यादित र नागरिकका बीचमा पु¥याइने प्रतिबद्धता व्यक्तगरेका छन् ।

आम नागरिकको भरोसा बढाउँदै बीमा कम्पनीलाई सोहीअनुसार अगाडि बढाउन आफूले दिलोज्यान दिएर लागिपर्ने उनले बताए । समितिको कार्यालयमा शुक्रबारपदबहालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमा क्षेत्रमा रहेका विृकति तथा विसंगतिलाई निर्मूल गर्ने र नागरिकमा थप भरोसा दिलाउने उल्लेख गरे ।

समितिलाई नियन्त्रकको काम गर्न बाध्य नबनाउन आग्रह गर्दै उनले कानून, नियम र विधिको परिधिमा रहेर आफनो व्यवसाय सञ्चालन गर्न आग्रह गरे । यस क्षेत्रमा धेरै समस्या रहेको भन्दै सो समस्या समाधान गर्नका लागि काम गर्ने र नियमकले दिने निर्देशन पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

बीमाको विस्तारका लागि के गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिन अनुरोध गर्दै अध्यक्ष सिलवालले पहुँच विस्तार तथा कार्यक्रममा विविधता ल्याउन आग्रह गरे। आगामी दिनमा सबैले व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले पैसा भएकालाई भन्दा पनि झुपडीमा बस्ने गरिबले बीमा गर्न सक्ने वातावरण बनाउन आग्रह गरे ।

कार्यक्रममा बीमा अभिकर्ता सङ्घका अध्यक्ष नन्दप्रसाद तिवारीले आम बीमितको हितमा बीमा समिति खरोरुपमा उत्रनुपर्ने बताए । उनले यस क्षेत्रमा देखिएका विकृति तथा विसङ्गति रोक्नसमेत आग्रह गरे ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.