बीमा प्राधिकरण संचालक पोखरेलले दिईन राजीनामा

काठमाडौं । नेपाल बीमा प्राधिकरण संचालक राधा पोखरेलले राजीनामा दिएकी छिन् । उनले गत सोमबार अर्थ मन्त्रालयमा राजीनामा बुझाएकी हुन् ।

पोख्रेललाई अर्थमन्त्रीस्तरीय निर्णय अनुसार गत चैत १ गतेदेखि चार वर्षका लागि महिला सञ्चालकमा नियुक्त गरिएको थियो । सरकारले नियुक्त गरेको पाँच महिना पछि उनले राजीनामा दिएकी हुन् ।

स्वास्थ्य समस्याका कारण समय दिन नसकिएकाले राजीनामा दिएको पोख्रेलले जानकनरी दिएकी छिन् ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.