काठमाडौं । अन्तरिम सरकारको मन्त्रिपरिषद्को पहिलो बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मन्त्रिमण्डल विस्तार गरेलगत्तै आज साँझ साढे चार बजे बैठक बोलाएकी हुन् ।
सोमबारकै मन्त्रिपरिषद् विस्तारअन्तर्गत रामेश्वर खनाललाई अर्थ मन्त्रालय, कुलमान घिसिङलाई ऊर्जा, भौतिक तथा सहकारी मन्त्रालय र ओमप्रकाश अर्याललाई गृह तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नवगठित मन्त्रिमण्डलको पहिलो बैठकमा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने, राष्ट्रिय शोक मनाउने र उनीहरुलाई सहिद घोषणा गर्ने प्रस्तावमाथि छलफल हुने सरकारका निकट स्रोतले जनाएको छ ।
मन्त्रिमण्डल विस्तारलगत्तै बैठक बस्न लागेकोले आजको निर्णयलाई अन्तरिम सरकारको प्रारम्भिक कदमका रूपमा हेरिएको छ ।
Comments are closed.