सरकार ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारीमा

काठमाडौं  । सरकारले ५ वर्षका लागि ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो ऋण विकास ऋणपत्र–२०८७ मार्फत उठाइनेछ ।

बोलकबोल प्रक्रिया २६ फागुन, र ऋणपत्र निष्कासन २७ फागुन हुने तय गरिएको छ । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले बोलकबोल पेस गर्न सक्नेछन् ।

ऋणपत्र धितो राखी कर्जा लिन र दिन सकिनेछ। ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ र सबै बोलवालालाई एकल ब्याजदरमा ऋणपत्र वितरण गरिनेछ ।

You might also like

Comments are closed.