स्वदेशमै विद्यार्थी पढाउनुपर्छ भनेर ‘स्टडी इन नेपाल’ अभियान चलाएका हौं

शेषराज भट्टराई, अध्यक्ष, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराई आफ्नो व्यक्तिगत काम भन्दा इक्यानको गतिविधिमा बढी सक्रिय छन् । हरेक कार्यक्रममा नयाँपन र रचनात्मक शैली अपनाउन सफल उनले आफू अध्यक्ष भएको ६ महिना नपुग्दै इक्यानलाई थप परिचित र व्यवस्थित गर्न सफल भएका छन् । चुनावी प्रक्रियाबाट अध्यक्ष निर्वाचित भएपनि सबैलाई समेटेर अगाडि बढ्न सक्नुलाई उनको खुबी मान्न सकिन्छ । यसै सन्दर्भमा इक्यान अध्यक्ष भट्टराईसँग आर्थिक आवाजले गरेको कुराकानीः

इक्यान अध्यक्षको जिम्मेवारी सम्हानुभएको ६ महिना पुग्न लागेको छ । यो अवधिलाई कसरी समिक्षा गर्नुहुन्छ ?

हामीले २/३ वटा कुरालाई आफ्नो मोट्टो बनाएका थियौं । हामीप्रति राज्य तथा समाजको दृष्टिकोण, पव्लिक डोमनमा मिडिया, नागरिक समाज लगायतको दृष्टिकोण परिवर्तन गराउन धेरै सफल भएका छौं । विद्यार्थी विदेश जानुको मुख्य कारण नै कन्सल्ट्यान्टहरु हुन् भन्ने धारणलाई परिवर्तन गरेका छौं । कन्सल्टेन्सीहरुको भुमिका महत्वपूर्ण हुनुपर्छ, प्रोफेसनल हुनुपर्छ, इन्ट्रिग्रेटेड हुनुपर्छ भन्ने तरिकाले काम गरिरहेका छौं । इक्यान गतिविधिलाई व्यावसायिक हित र सामाजिक उत्तरदायित्व दुवै क्षेत्रमा केन्द्रित गरेका छौं । सदस्यहरुको सशक्तीकरणका कार्यक्रम, विभिन्न तालिमहरु भइरहेका छन् । गतिविधिका हिसाबले इक्यानको सक्रियता बढेको छ । संस्थाको १८औं साधारणसभा समेत भव्य रुपमा सम्पन्न भइसकेको छ ।

jutta mela

तपाईं अध्यक्ष भइसकेपछि इक्यानको उचाई अझै बढेको छ भन्ने महसुस गर्नुभएको छ ?

हामीले यो बीचमा इक्यानलाई एउटा सशक्त संस्थाका रुपमा स्थापित गर्न सफल भएका छौं भन्ने लाग्छ । यसका पछाडि हाम्रा अग्रजहरु, कार्यसमिति परिवार र सम्पूर्ण इक्यान मेम्बरहरुको योगदान महत्वपूर्ण रहेको मैले महसुस गरेको छु । इक्यानलाई सबैले चिन्ने अवस्था बनेको छ । विद्यार्थी विदेश पठाउने संस्था मात्रै होइन इक्यान भन्ने पनि पुष्टि भएको छ ।

इक्यानलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ भन्न खोज्नुभएको हो ?

यसबीचमा हामीले प्रधानमन्त्रीको कार्यालय, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत विभिन्न निकायहरुलाई अहिलेको रियल सिनारियो यस्तो छ भनेर बुझाउन सफल भएका छौं । हाम्रो फोरममा मन्त्रीहरु आउने, पोलिसी मेकर्सहरु आउने अवस्था थिएन । अहिले हाम्रा विभिन्न इभेन्ट्स तथा फोरममा उहाँहरु आउने वातावरण सृजना भएको छ र आउने पनि गर्नुभएको छ । विभिन्न ठाउँमा गएर हामीले पनि हाम्रा कुरा राखेका छौं । मिडियामा पनि हाम्रो उपस्थिति राम्रो छ । इक्यानलाई सबैले चिन्ने तथा बुझ्ने वातावरण बनेको छ । डिप्लोम्याटिक इन्गेजमेन्टमा पनि हामीले धेरै काम गरेका छौं ।

अन्य उपलब्धीहरु के कस्ता छन् ?

अमेरिकन एम्वेसीले एजुकेसन कन्सल्टेन्सीलाई पहिचान नगरेको अवस्था थियो । हामीले एम्वेसीसँग सकारात्मक सहकार्य ग¥यौं । एम्वेसीको एजुकेसन डिपार्टमेन्ट युएसइएफसँग हामीले सहकार्य गरिरहेका छौं । अष्ट्रेलियन हाइ कमिसनले अष्ट्रेलियामा हुने पोलिसी चेन्जका विषयमा इक्यानलाई बोलाएर जानकारी दिने गरेको छ । यसमा हाम्रो सहभागिता राम्रो रहदै आएको छ । यस विषयमा पनि हामी बलियो रुपमा प्रस्तुत हुने गरेका छौं । जापान, क्यानडा लगायतका देशका हाइ कमिसनमा पनि इक्यान प्रतिष्ठित छ । युके र ब्रिटिस काउन्सिल हाम्रो महत्वपूर्ण स्ट्राटिजिक पार्टनर नै हुन् । पव्लिक डोमन, पोलिसी फोरममा हाम्रो उपस्थिति राम्रो छ । एफएनसिसिआइमा हाम्रो संलग्नता बढेको छ । इक्यानका निबर्तमान अध्यक्ष प्रकाश पाण्डे एफएनसिसिआइको शिक्षा, शिप विकास र रोजगार समितिको सदस्यमा मनोनित हुनु पनि यसको उदाहरण मान्न सकिन्छ । यो हाम्रोलागि एउटा महत्वपूर्ण उपलब्धि हो र यसले हामीलाई थप हौसला पनि मिलेको छ ।

भनेपछि कन्सल्टेन्सीहरुलाई लाग्ने आरोपहरुलाई पनि चिर्न सफल हुनुभएको हो ?

संघसंस्थाहरुका आफ्नै महत्व र उद्देश्य हुन्छन् । संस्था जस्टिस वोरिएन्टेड छ वा छैन, समाजमा त्यसको उपस्थिति कस्तो छ भन्ने कुरा महत्वपूर्ण रहन्छ । कन्सल्टेन्सीहरुलाई लगाइने विभिन्न लान्छना तथा आरोप सत्य होइनन् भन्ने कुरा बुझाउन पनि हामी सफल भएका छौं । परामर्श क्षेत्रमा कहि कतै हुने विकृतिलाई लिएर सबै कन्सल्टेन्सीलाई नराम्रो मान्ने गरिन्थ्यो । त्यो भ्रम पनि हामीले चिर्न सफल भएका छौं । विभिन्न खालका छलफल तथा अन्तक्रिया पनि गरिरहेका छौं । इक्यान मेम्बर हुनुमा गौरव गर्ने वातावरण बनाएका छौं ।

यसपटक इक्यान डे फरक शैलीमा मनाउन सफल हुनुभएको छ । कस्तो प्रतिक्रिया पाउनुभयो ?

इक्यान डेलाई परम्परागत ढाँचाले सेलिब्रेसन गर्ने चलन थियो । त्यसलाई पनि हामीले परिवर्तन गर्यौं । इक्यान डे सेलिव्रेसन भनेको रिमार्केवल जोर्नी हो । परम्परागत ढाँचामा गरिने कामबाट हामी बाहिर निस्क्यौं । सो समयमा हामीलाई धरौटीको कुरामा समस्या थियो । हामीले सचेतकहरुसँग छलफल चलायौं । हाम्रा समस्या सुनायौं । धरौटीका विषयमा कुरा गर्न सबैभन्दा महत्वपूर्ण भुमिका इक्यानले खेल्यो । यो पनि उल्लेखनीय उपलब्धी हो । विभिन्न निकायसँगको सहकार्यले हामीलाई सहज पनि भयो । कोष बृद्धिका कार्यक्रम पनि ग¥यौं । ती कार्यक्रमबाट हामीलाई उत्साहजनक र सकारात्मक प्रतिक्रियाहरु आएका छन् । थप रचनात्मक कार्यक्रम गर्न प्रोत्साहन मिलेको छ ।

इक्यानको साधारणसभा पनि सम्पन्न भएको छ । साधारणसभा कस्तो रह्यो ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा हामीले १८औं साधारणसभा सम्पन्न गरेका छौं । साधारणसभाको उद्घाटन कार्यक्रममा सचिव अधिकारीसँगै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, महानायक राजेश हमाल लगायत व्यक्तिहरुले इक्यान र शैक्षिक परामर्शका विषयमा गहन मन्तव्य राख्नुभयो । हामीले उद्घाटन कार्यक्रमसँगै बन्द शत्रमा पनि शैक्षिक परामर्श व्यवसायको विषयमा विस्तृत छलफल गरेका छौं । साधारणसभामा इक्यान सदस्यहरुको उत्साहजनक र उल्लेखनीय उपस्थिति रह्यो । नेपाली विद्यार्थी सकेसम्म नेपालमै अध्ययन गरोस् र विदेश जाने अवस्थामा कमी आउनुपर्छ भन्ने विषय हामीले उठाइरहेका छौं । साधारणसभा पनि यस विषयमा धेरै छलफल भएको छ । इक्यानले यही मान्यतासहित स्टडी इन नेपाल अभियान पनि चलाइरहेको हो । विद्यार्थीहरु विदेश जाने क्रम बढेको र कतिपय सन्दर्भमा त्यो बाध्यता पनि छ । विद्यार्थी विदेश जाने अवस्थामा हामीले आवश्यक परामर्श सेवा दिनै पर्छ र सहजीकरण गर्नुपर्छ । यो व्यवसायलाई अझै व्यवस्थित र व्यावसायिक बनाउनका लागि साधारणसभाले थप योगदान गरेको छ ।

पछिल्लो समय इक्यानप्रति सदस्यहरुको आकर्षण बढेको हो ?

अवश्य पनि इक्यानप्रति मेम्बरहरुको आकर्षण बढेको छ । हामी निर्वाचित भएपछि पनि धेरै साथीहरु मेम्बर बन्नुभएको छ । यस पटक महिला सदस्यहरु पनि बढ्नुभएको छ । महिला सशक्तीकरणका लागि पनि हामीले धेरै काम गरेका छौं । ओमन लिडरसिप कन्क्लेभ ग¥यौं । विभिन्न क्षेत्रमा सक्रिय रहनुभएका महिलाहरु कन्क्लेभमा सहभागी हुनुहुन्थ्यो । यसले पनि कन्सल्टेन्सी क्षेत्रमा लाग्न महिलालाई प्रोत्साहन गरेको छ । इक्यानमा महिलाको सहभागिता पनि बढ्दै गएको छ । यसले पनि इक्यानप्रतिको आकर्षणलाई देखाउँछ । इलेक्सनबाट जितेर आएपछि अब काम छैन भन्ने सोच्न हुँदैन मेम्वरसँगको सम्वन्धलाई झनै राम्रो बनाउनुपर्छ । मेम्वरसँग ग्याप राख्नुहुँदैन । उहाँहरुलाई काममा इन्करेज तथा मोटिभेट गर्ने खालका कार्यक्रम ल्याउनुपर्छ भन्ने मेरो मान्यता हो । आइसिएफले इन्टरनेशनल एजुकेसनका क्षेत्रमा काम गर्ने काउन्सिलरहरुसँग संलग्नता गराउँछ । आइसिएफमा विश्वभरीबाट सबैभन्दा बढी मेम्वर भएको संस्था नै इक्यान हो । यो पनि हाम्रो लागि गर्वको विषय हो ।

विद्यार्थीहरु अध्ययनका लागि विदेश जान आकर्षित हुनुको कारण के हुन सक्छ ?

अध्ययनका लागि विद्यार्थी बाहिर जाने क्रम अहिले धेरै छ । यसमा विभिन्न कारणहरु छन् । जेनेरेसन आल्फा, जेनेरेसन जि लगायतको एस्पिरेसन चेन्ज हुँदैछ । एआइको इमर्जेन्जले के देखाएको छ भने नयाँ पुस्ताको माइण्ड सेट, एस्पिरेसन लगायत सबै फरक छ भन्ने देखाउँछ । हाम्रा करिकुलमले तिनीहरुलाई रिफ्लेक्ट नगरेको अवस्था छ । काम गर्छु, स्टार्टअपमा आवद्ध हुन्छु, भन्ने खालको धारणा अहिलेको पुस्तामा छ । हाम्रो देशको शिक्षा प्रणाली अझै पनि पराम्परागत नै छ । नेपालमा भएका प्राकृतिक सम्पदा, बुद्धिजम लगायतका कुरालाई प्याकेजिङ गरेर वल्र्डवाइड प्रोफेसनल अटायरबाट एजुकेसनमा अगाडि बढाउने हो भने धेरै राम्रो हुन्छ । यसले विद्यार्थी बाहिर जाने क्रम पनि कम हुन्छ । पहिला भारतमा पनि विद्यार्थी पढ्न विदेश जाने क्रम बढि थियो । अहिले घटेको छ । बिस्तारै नेपालमा पनि यहीँ पढ्ने अवस्था बढ्दै जान सक्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

हामीले कार्यभार सम्हालेको थोरै मात्र समय भएको छ । यसबीचमा इक्यानको साधारणसभा सम्पन्न भएको छ । हाम्रा शाखाहरुको अधिवेशन तथा साधारणसभा पनि सम्पन्न भएका छन् । जेजति सकिन्छ इक्यान हितका गतिविधि गरेका छौं । अब नयाँ सोच र योजनाका साथ हामी नयाँ नयाँ कार्यक्रमसहित अगाडि बढिरहेका छौं । २०२४ इक्यानका लागि राम्रो वर्ष हुनेछ ।

You might also like

Comments are closed.