काठमाडौं । आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि खुलाइएको मोलुङ हाइड्रोपावर कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको आइपीओको निष्काशन गत माघ ३ गतेबाटै बन्द भएको थियो भने आयोजना प्रभावित स्थानीय बासिन्दाहरुले आज बैंकिङ समयसम्म आवेदन दिन पाउने छन्।
कम्पनीले स्थानीयका लागि प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा कुल ८ लाख २ हजार ५०० कित्ता आइपीओ बिक्री खुला गरेको छ । यस आइपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
जारी गरिएको आईपीओमध्ये ५ प्रतिशत ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकाका बासिन्दालाई र बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा, सिद्धिचरण नगरपालिकाका बासिन्दालाई बिक्री छुट्याइएको छ ।
यस आइपीओमा स्थानीयले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यस आइपिओमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरिरहेको छ। कम्पनीले पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि बिक्री आइपीओ बिक्री खुला गरेको थियो ।
Comments are closed.