सर्वसाधारणको लागि एसियन हाइड्रोपावरकाे आइपीओ खुल्दै

काठमाडौं ।  एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि सर्वसाधारणको लागि आइपीओ खुला गर्ने भएको छ ।कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ६ लाख ९७ हजार २ सय कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४ दशमलव ७१ प्रतिशतले हुने ८ करोड ४० लाख मूल्य बराबरको कुल ८ लाख ४० कित्ता साधारण सेयर सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली सामूहिक लगानी कोष तथा कर्मचारीमा छुट्याएको थियो। जसमा ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपाली र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई, १६ हजार आठ सय कित्ता कर्मचारीलाई सुरक्षित छ्ट्याई बाँकी ६ लाख ९७ हजार २ सय कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

jutta mela

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ । निष्काशन गरिने सेयरमा लगानीकर्ताले छिटोमा आगामी फागुन २ गतेसम्म र सो अवधिसम्म मागबमोजिम आवेदन नपरे फागुन १२ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीलाई केयर रेटिंग्स पालले ‘केयरएनपी बिबी आइएस’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत् तथा अनलाइनमा मेरो सेयर प्रयोग गरेर आइपीओका लागि आवेदन दिन व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.