काठमाडौं । कालिञ्चोक दर्शनको आइपिओ आज बाडफाँट भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा बिहीबार बिहान आइपिओ बाडफाड भएको हो ।
उक्त आइपीओ बाँडफाँटमा गोलाप्रथामार्फत ८९ हजार ६४० जनाले १० कित्ताका दरले सेयर पाएका छन्। प्रबन्धकका अनुसार आइपीओका लागि कुल १४ लाख ७३ हजार ९६९ जना आवेदकले आवेदन दिएको जसमध्ये ८ हजार २०६ जनाको आवेदन रद्द र ८९ हजार ६४० जनालाई १० कित्ताका दरले सेयर बाडफाड भएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्छन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ ।
कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गरेको थियो।
Comments are closed.