आइतबारदेखि बिपिडब्लु लघुवित्तको आइपीओ निष्कासन हुँदै

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।

लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि माघ २२ गते आइतबारदेखि आइपीओ खुला गर्ने भएको हो । लघुवित्तले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

जसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गर्न लागेको छ । जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १ हजार ५ सय कित्ता शेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ९ सय ५० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै सर्वसाधारणमा भने फागुन १८ गतेदेखि आईपीओ विक्री खुला हुने छ । सर्वसाधारणमा जारी हुने सेयर छिटो अवधि फागुन २३ गतेसम्म रहेको छ । सो अवधिमा मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत २ गतेसम्म विक्री लम्बिने कम्पनीको भनाई छ ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आइपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहकाे छ ।

You might also like

Comments are closed.