सुपरमादी हाइड्रोपावरको आइपीओ बाडँफाँड, ५ हजार ५१५ जना आवेदकको हात खाली

काठमाडौं ।  सुपरमादी हाइड्रोपावरको आइपीओ आज बाडँफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा सोमबार आइपीओ बाँडफाँड भएको हो ।

कम्पनीको आइपीओमा १ करोड ४४ लाख ४६ हजार ५६० कित्ताका लागि १२ लाख ९८ हजार ६९३ जनाले आवेदन दिएकोमा एक लाख ७४ हजार ३ सय जनाले १० कित्ताका दरले आइपीओ पाएका छन् ।

कम्पनीको आइपीओमा कूल १३ लाख ४ हजार २०८ जनाले आवेदन दिएका थिए । यसमध्ये ५ हजार ५१५ जनाको आवेदन रद्द भएको थिए ।

आयोजनाले माघ ९ गतेदेखि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ जारी गरेको थियो । कम्पनीले ३१ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

जसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १० लाख ५० हजार कित्ता, म्युचुअल फण्डलाई एक लाख पाँच हजार कित्ता, कम्पनीका कार्मचारीलाई ४२ हजार कित्ता र विदेशमा रोजगारी गर्न गएका नेपालीलाई दुई लाख १० हजार कित्ता आइपीओ निष्कासन गरी बाँडफाँड गरेको छ ।

 

You might also like

Comments are closed.