सर्वसाधारणका लागि मोलुङ हाइड्रोपावरको आइपीओ खुल्दै

काठमाडौं ।  मोलुङ हाइड्रोपावर कम्पनीको सर्वसाधारणका लागि आइपीओ खुला हुने भएको छ ।

कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता आइपीओ विक्री खुला गर्न लागेको हो । २२ लाख ६४ हजार ६५५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।उक्त   आइपीओमा फागुन १० गतेसम्ममा आवेदन दिन सकिनेछ ।

कम्पनीले साधारण सेयरका लागि जारी पुँजीको ३४ प्रतिशत सेयर छुट्टाएकाेमा स्थानीय, वैदेशिक रोजगारीमा गएकाहरूका लागि र सर्वसाधारणका लागि गरी कुल २७ लाख २८ हजार ५०० कित्ता सेयर बिक्रीका लागि छुटाइएको थियो ।

जसमध्ये २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरूका लागि छुटाइएको थियो । यस्तै, ५४ हजार ७५० कित्ता सेयर स्थानीयका लागि र १ लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुटाइएको थियाे भने बाँकी सर्वसाधारणका लागि  २२ लाख ६४ हजार ६५५ कित्ता छुटाइएकाे हाे ।

कम्पनीले आयोजना प्रभावित स्थानीयवासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा गएकाहरूका लागि आइपीओ बिक्री गरिसकेको छ ।

 

You might also like

Comments are closed.