शुभम पावरको आइपीओ शुक्रबार बाँडफाँड हुँदै

काठमाडौं ।  शुभम पावर कम्पनी लिमिटेडको आइपीओ शुक्रबार बाँडफाँड हुँदैछ ।

कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार माघ २७ गते शुक्रबार बाँडफाँड हुने भएको हो । उक्तआइपीओ बाँडफाँड क्यापिटलकै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा हुने छ ।

मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । शुभम पावरले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले २९ हजार ३० कित्ता सेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरेर, कर्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याई बाँकि रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्बसाधारणलाई निष्काशन गरेको थियो ।

 

You might also like

Comments are closed.