काठमाडौं । शुभम् पावर लिमिटेडको आइपीओ आज बाँडफाँड भएको छ। माघ २७ गते शुक्रबार बिहान एक कार्यक्रमको आयोजना गरी कम्पनीको आइपीओ बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आवेदनको संख्या बढी भएको कारण गोलाप्रथामार्फत आइपीओ बाँडफाँड गरिएको छ । जसमा ४८ हजार १८८ जना आवेदकलाई सेयर हात पारेका छन्। जसमध्ये ४८ हजार १८६ जनाले १० कित्ता दरले परेको छ भने २ जनालाई ११ कित्ताका दरले सेयर बाँडफाँड गरिएको हो ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आइपीओका लागि कुल १२ लाख ७५ हजार ४२१ जना आवेदकले आवेदन दिएकामा ३ हजार ५८७ जनाको आवेदन रद्द भएको छ ।
कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले कुल ५ लाख ८० हजार ५८० कित्ता सेयरमध्ये १०५ अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ।
यस्तै, ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट, शुभम् पावर लिमिटेडको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्।
Comments are closed.