एसियन हाइड्रोपावरको आइपीओ खुला, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाडौं ।  एसियन हाइड्रोपावर लिमिटेडको आइपीओ बिक्री खुला आवबाट भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ६ लाख ९७ हजार २०० कित्ताका लागि सर्बसाधारणको लागि आईपीओ बिक्री खुला भएको हो ।

सर्वसाधारणले  ६ लाख ९७ हजार २०० कित्ता आइपीओका लागि फागुन २ गतेसम्म आवेदन दिन पाउनेछन्।तोकिएको समयसम्म आवेदन नपरेको खण्डमा लगानीकर्ताले फागुन १२ गतेसम्म आवेदन दिन पाउने छन्। यस आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४ दशमलव ७१ प्रतिशतले हुन आउने ८ लाख ४० हजार कित्ता सेयर  सर्वसाधारणलाई छुटाईएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुटाईएको १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता सेयर बिक्री गरिसकेको छ।

अब बाँकी रहेको सेयरमा पनि ५ प्रतिशतले हुन आउने ४२ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १६ हजार ८०० कित्ता कर्मचारीलाई छुट्याएको छ।

यस आइपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यस आइपीओमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ।

You might also like

Comments are closed.