भूगोल इनर्जी डेभलपमेन्टले आइपीओ खुला गर्दै

काठमाडौं ।भूगोल इनर्जी डेभलपमेन्टले आइपीओ बिक्री खुला गर्ने भएको छ ।कम्पनीले फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई स्थानीयलाई जारी पुँजी ५० करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ४४ लाख ५ हजार ३ सयरुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो ।

भूगोल इनर्जीले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ४४ हजार ५३ कित्ता सेयर निष्कासन गर्ने भएको छ । यो मध्ये आयोजना अति प्रभावित क्षेत्र नौमुले द्धारी ३ दैलेखका स्थानीय बासिन्दालाई २ लाख ७२ हजार २६ कित्ता र यो बाहेक दैलेख जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ ।

यस्तै,, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने १ लाख ८ हजार ८११ कित्ता सेयर छुट्याइएको छ । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

छिटोमा फागुन २५ गते गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानियले भने चैत १२ गतेसम्म आवेदन दिन पाउनेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले भूगोल इनर्जीकोे आइपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

You might also like

Comments are closed.