इङवा हाइड्रोपावरले पायो आइपीओ बिक्रीका लागि बोर्डको अनुमति

 

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डद्वारा इङवा हाइड्रोपावर कम्पनीले आइपीओ बिक्रीका लागि अनुमति पाएको छ ।

बोर्डले इङवालाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १८ लाख कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ जारी गर्नेछ ।

त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्नेछ ।यसमा बिक्री प्रबन्धकको काम एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।

You might also like

Comments are closed.