काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओको बाँडफाँड भएको छ । सर्वसाधारणका लागि निष्कासन गरेको आइपीओको बाँडफाँड फागुन ६ गते शुक्रबार भएको हो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको केन्द्रिय कार्यलयले जनाएको छ ।
आवेदन दिएका मध्ये कुल ४१ हजार ५ सय जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । १३ लाख १८ हजार ३ सय २० जना आवेदकलाई बाँडफाँडमा समावेश गराइएको थियो भने ४ हजार १ सय ७२ जनाको आवेदन रद्ध भएको थियो ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १३ लाख २२ हजार ४ सय ९२ जना लगानीकर्ताहरूले १ करोड ४३ लाख २७ हजार ९ सय २० कित्ताका लागि आवेदन दिएका थिए ।
कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरी २ प्रतिशत अर्थात १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
Comments are closed.