काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले सर्वसाधारणलाई विक्री खुलाएको आइपीओ आइतबार बिहान बाँडफाँड गरेको हो । कम्पनीको आइपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीको १ करोड ५५ लाख २५ हजार ४० कित्ता आइपीओ खरिदका लागि कुल १४ लाख ३२ हजार २२२ जनाबाट आवेदन परेको विक्री प्रबन्धकले जानकारी दिएको छ । योग्य १४ लाख २५ हजार ७२० जना आवेदकलाई बाँडफाँटमा सहभागी गराईएको थियो ।
बाँडफाँटमा ६९ हजार ७२० जना भाग्यमानी आवेदकले मात्र १० कित्ताको दरले सेयर पाएका छन् । योग्य आवेदकहरूमध्ये पनि १३ लाख ५९ हजार आवेदकको हात खाली भएको छ ।६ हजार ५०२ जनाको आवेदन रितपूर्वक नभएको भन्दै रद्द गरिएको जानकारी समेत विक्री प्रबन्धकले दिएको छ ।
कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणलाई आइपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख ९७ हजार २०० कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी रू। ३४ करोड २४ दशमलव ७१ प्रतिशत दरको ८ लाख ४० हजार कित्ता आइपीओ सर्वसाधारणका लागि छुट्याएको थियो । प्रतिशेयर १ सय मूल्यका ८ करोड ४० लाख बराबरको सेयरमध्ये १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता सेयर भने वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा वितरण गरिएको छ ।
५ प्रतिशत दरको ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा समेत बाँडफाँट गरी १६ हजार ८०० कित्ता शेयर कम्पनीका लागि सुरक्षित गरीएको कम्पनीको भनाई छ ।
Comments are closed.