बीपीडब्लू लघुवित्तको आइपीओ आजबाट खुला

काठमाडौं ।  सर्वसाधारणका लागि बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको आइपीओ आजबाट खुला भएको छ । लघुवित्तको बिहीबारबाट खुला भएको  ८० हजार ९५० कित्ता सेयरको आइपीओमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० देखि अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आइपीओ छिटोमा आजदेखि फागुन २३ गतेसम्म भर्न सकिनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरे निष्कासन अवधि चैत २ गतेसम्म थपिनेछ ।

लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यका ९७ हजार कित्ता सेयर निष्कासन गरेको मध्ये ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ । १ हजार ५०० कित्ता सेयर कर्मचारी तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिसकेको कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट सी(आस्बा प्रणाली तथा मेरो सेयरको मोबाइल एप, मेरो सेयर सफ्टवेयर मार्फत आइपीओमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवद्र्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बिबी माइनस्’ प्रमाणपत्र प्रदान गरेको छ ।

You might also like

Comments are closed.