सगरमाथा जलविद्युत कम्पनीको आइपीओ बाडँफाड

काठमाडौं ।  सगरमाथा जलविद्युत कम्पनी लिमिटेडकोे सर्वसाधारणमा निष्काशीत प्राथमिक सेयर (आइपीओ) बाँडफाँड शुक्रबार सम्पन्न भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा उक्त सेयर बाँडफाँट भएको हो ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ३ लाख ५८ हजार १ सय ७६ जनाले १०-१० कित्ताका दरले पाएका छन् । म्पनीको आइपीओमा १४ लाख ३३ हजार ७ सय १७ जनाले १ अर्ब ६० करोड ७६ लाख ७४ हजार रुपियाँ बराबरको १ करोड ६० लाख ७६ हजार ७४० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले ४३ करोड ६८ लाख रुपियाँ बराबरको ४३ लाख ६८ हजार कित्ता आइपीओ  सर्वसाधारणका बिक्री खुला गरेको थियो ।चार लाख ३६ हजार ८०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने २ लाख १८ हजार ४०० कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र १ लाख ३१ हजार ४० कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ३५ लाख ८१ हजार ७ सय ६० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था थियो ।

jutta mela

हाल सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले प्रबद्र्धन गरेको सुपर माई ए जलविद्युत आयोजनाको ९.६ मे.वा. क्षमताको विद्युत मिति २०७७/०२/३२ देखि व्यवसायीक उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरि रहेको छ ।

 

You might also like

Comments are closed.