कुथेली बुखरी स्मल हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले दियाे अनुमति

काठमाडाें ।  कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले जेठ २ गते कम्पनीलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले दोलखाको भिमेश्वर नगरपालिका वडा नं। ८ मा ०।९९८ मेगावाट क्षमताको सुश्पा बुखरी खोला साना हाइड्रोपावर आयोजना निर्माण गर्दैछ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका २ करोड ४३ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको २ लाख ४३ हजार ६७५ कित्ता शेयर निष्काशन गर्नेछ । जारी पूँजीको २० प्रतिशत बराबरको आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १२ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।

jutta mela

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

 

You might also like

Comments are closed.