काठमाडौं । टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि यही असार २८ गते पोखरामा आफ्नो पाँचौं वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीका अनुसार साधारणसभा पोखरामा बिहान साढे ८ बजे सुरु हुनेछ। सभाले कम्पनीको जारी पूँजीको २०.५३ प्रतिशत बराबरको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति लिने विशेष प्रस्ताव पारित गर्नेछ।
आईपीओ निष्कासनको मुख्य एजेन्डाका साथै सभामा अन्य प्रस्तावहरूमाथि पनि छलफल हुनेछ। जसमा गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि रहेको छ।
त्यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सोका लागि सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्ने कम्पनीले जनाएको छ।
Comments are closed.