काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो, जसको प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ।
लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा पुस ११ गते र ढिलोमा पुस २१ गते बन्द हुनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने आवेदन सि–आस्बा प्रणाली तथा ‘मेरो शेयर’ मार्फत दिन सकिनेछ।
केयर रेटिङ्ग नेपालबाट केयर एनपी सिंगल ए माइनस रेटिङ्ग प्राप्त गरेको यस कम्पनीले आफ्नो अधिकांश उत्पादन विदेश निर्यात गर्दै आएको छ।




Comments are closed.