होटल फरेष्ट इनको आईपीओ निष्काशन हुने मिति तय

काठमाडौं ।  होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरमा ४ लाख कित्ता साधारण शेयर जारी गर्दैछ ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन छिटोमा माघ ८ र ढिलोमा माघ १८ गते बन्द हुनेछ ।

कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले IRN BB- इस्यूअर रेटिङ दिएको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

You might also like

Comments are closed.