काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गरेको हो ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीले ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।



Comments are closed.