होटल फरेष्ट इनको आईपीओ आजदेखि खुला

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आज माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरमा ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गर्दैछ, जसको कुल मूल्य ३३ करोड ३० लाख रुपैयाँ रहेको छ ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते बन्द हुनेछ । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याइएको शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

आईपीओलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले ‘आईआरएन डबल बी माइनस’ रेटिङ्ग दिएको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्दछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि–आस्बा वा मेरो शेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

You might also like

Comments are closed.