काठमाडौं । होटल फरेष्ट इन को प्राथमिक शेयर (आइपीओ) सोमबार बाँडफाँट गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एआईसी एशिया क्यापिटल लिमिटेड ले काठमाडौंको होलिडे इन रिसोर्ट मा आयोजित कार्यक्रममार्फत आइपीओ बाँडफाँट सम्पन्न गरेको हो ।
कम्पनीले गत माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।
उक्त निष्काशनमा कुल २६ लाख ६० हजार ४५२ आवेदकबाट २ करोड ९९ लाख ७८ हजार ८६० कित्ताका लागि आवेदन परेको थियो, जुन मागभन्दा उल्लेख्य रूपमा बढी हो । जसमध्ये २३ लाख ७१ हजार ३१५ आवेदकको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द गरिएको जनाएको छ ।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत आइपीओ बाँडफाँट गरिएको हो। सो प्रक्रियाअनुसार भाग्यमानी ३ लाख ३२ हजार आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।


Comments are closed.