काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले माघ २८ गतेदेखि बिक्री खुला गरेको ११ लाख ८० हजार २६० कित्ता साधारण शेयरका लागि लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पूँजीको २२ प्रतिशत बराबरको शेयर निष्काशन अनुमति पाएको थियो । यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ । दोस्रो चरणमा कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी शेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।
प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना हाल व्यावसायिक उत्पादनमा रही राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत बिक्री गरिरहेको छ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।





Comments are closed.