आइतबार सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बिहान साढे ८ बजे बाँडफाँट कार्यक्रम सम्पन्न भएको हो ।
कम्पनीले गत फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । उक्त निष्काशनमा २६ लाख २० हजार ३ सय ४१ आवेदकबाट कुल २ करोड ८१ लाख ६४ हजार ८ सय ५० कित्ताका लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।
जसमध्ये २५ लाख ८० हजार ४ सय ७० आवेदन स्वीकृत भएका छन् भने ३९ हजार ८७१ आवेदन रद्द गरिएको छ । मागभन्दा अत्यधिक आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो ।
बाँडफाँट परिणामअनुसार १ लाख २८ हजार ६ सय ५० आवेदकले न्यूनतम १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।






Comments are closed.