हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको आईपीओ पाइपलाइनमा

काठमाडौं ।  हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले प्रति कित्ता प्रिमियमसहित ३५८.८५ रुपैयाँमा २० लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न आवेदन दिएको हो । कम्पनीले प्रिमियम दरमा शेयर निष्काशन गरेर ७४ करोड ४६ लाख १३ हजार ७ सय ५० रुपैयाँ पुँजी संकलन गर्ने लक्ष्य लिएको छ ।

कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

 

You might also like

Comments are closed.