‘इप्पान भिजन–२०२९’ सहित उत्तम भ्लोन लामा टिमद्वारा उम्मेदवारी घोषणा

काठमाडौँ । ऊर्जा उद्यमीहरुलाई चुनाव लागेको छ । आगामी जेठ २९ गते हुने इम्पानको अधिवेशनका लागि वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामाले टिमसहित उम्मेदवारी घोषणा गरेका छन् । इम्पानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतह अध्यक्ष हुने व्यवस्था छ ।

लामा समूहले ‘इप्पान भिजन–२०२९’सहित उम्मेदवारी घोषणा गरेको हो । बुधबार एक कार्यक्रमबीच आफ्नो टिमको उम्मेदवारी घोषणा गर्दै लामाले सशक्त र समावेशी टिमसहित उम्मेदवारी प्रस्तुत गर्न पाउँदा गौरव महसुस भएको बताए ।

लामा समूहको उपाध्यक्षको उम्मेदवारमा उत्तरकुमार श्रेष्ठ, हिमप्रसाद पाठक, सुसन कर्माचार्य र बिक्रम विष्ट छन् । महासचिवमा सिए टिएन आचार्य र उपमहासचिवमा कविता कँडेलले उम्मेदवारी दिनेछन् । नरेन्द्र बल्लभ पन्त पुन कोषाध्यक्षको उम्मेदवार बन्नेछन् ।

लामा समूहबाट सचिवमा विजयमोहन भट्टराई, कुवेरमणि नेपाल, समुन जोशी, शंकर बस्याल, अविज्ञा मल्लको उम्मेदवारी घोषणा हुँदा कार्यसमिटि सदस्यमा अनुप आचार्य, जगतबहादुर पोखरेल, कदम केसी, वर्णद लामिछाने, इशा श्रेष्ठ र प्रतिमा ज्ञवालीले उम्मेदवारी घोषणा गरेका छन् ।

अबको अधिवेशनपछि इम्पानका वर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वतह अध्यक्ष हुनेछन् ।

You might also like

Comments are closed.