लिफ्ट सिँचाइ आयोजनाको उद्घाटन

 

वाग्मती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–३ दाहालडाँडामा मुहान रहेको पानीलाई लिफ्टमार्फत सिँचाइ गर्न र गाउँमा पानी पिउनका लागि निर्माण भएको लिफ्ट सिँचाइ आयोजनाको आइतबार उद्घाटन गरिएको छ । मकवानपुरगढी–४ का वडाध्यक्ष भागवत घिमिरेले उक्त आयोजनाको एक समारोहबीच उद्घाटन गरेका हुन् ।

वाग्मती प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयअन्तर्गत कृषि ज्ञान केन्द्र चितवनको साना किसान सिँचाइ कार्यक्रमको ५० प्रतिशत र स्थानीयवासीको ५० प्रतिशतको लागतमा सो आयोजनाको निर्माण भएको बताइएको छ ।

तीन लाख रुपैयाँको लागतमा निर्माण भएको सो आयोजनाबाट २० घरपरिवार लाभान्वित हुने आयोजना निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिए । पानीको मुहान सफा र स्वच्छ रहेकाले पिउन पनि प्रयोग हुने उनले बताए ।

You might also like

Comments are closed.