काठमाडौं । आइएसएमटी कलेजमा आयोजना गरिएको आइएसएमटी एक्स्पो २०२३ सम्पन्न भएको छ । आइतबार शुरु भएको एक्स्पो सोमबारसम्म चलेको थियो ।
कलेजले प्रयोगात्मक शिक्षालाई प्राथमिकतामा राखेर अध्यापन गर्दै आएको र सोही अनुशार एक्स्पो आयोजना गरिएको आइटी डिपार्टमेन्टकी सिनियर फ्याकल्टी शिला पौडेलले बताईन् ।
विद्यार्थीले नै बनाएका प्रोजेक्टहरु एक्स्पोमा प्रर्दशन गरिएको र एक्स्पो विद्यार्थीका लागि महत्वपुर्ण अवसर रहेको पौडेलले बताईन । बिशेष गरि आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्वन्धित प्रोजेक्टहरु एक्स्पोमा छन् ।
एक्स्पोमा काठमाडौंसँगै काठमाडौं बाहिरका विभिन्न कलेजका विद्यार्थी अवलोकनका लागि आएको र उत्साहका साथ अवलोकन गरेको आइएसएमटी कलेजकी छात्रा स्नेहा जोशीले बताईन् ।
Comments are closed.