इन्टरनेट सेवा प्रदायक संघको २२ औ साधारण सभा, नयाँ कार्यसमिति चयन

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघले २२ औ साधारण सभाबाट नयाँ पदाधिकारी चयन गरेको छ ।

इन्टरनेट सेवा प्रदायक संघको २२ औ साधारण सभा सोमबार सम्पन्न भएको छ । संघको माघ १६ गते सोमबार बसेको साधारण सभाले नयाँ कार्यसमिति चयन गरी सपथ ग्रहण कार्य समेत सम्पन्न भएको छ ।

तात्कालिन सल्लाहकार बिनय बोहरा, तात्कालिन उपाध्यक्ष प्रमेश खरेलको प्रस्तावमा र तात्कालिन सल्लाहकार मनोज अग्रवाल, तात्कालिन महासचिव नविन कुमार श्रेष्ठ लगायतको समर्थनमा(सर्वसहमतिमा) सुधिर पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

संघको अध्यक्षमा सुधिर पराजुली, उपाध्यक्ष, मनोज अग्रवाल, महासचिवमा नविन कुमार श्रेष्ठ, कोषाध्यक्षमा पुष्कर बडाल, सचिवमा सुरेन क्षेत्री चयन भएका छन् ।

त्यसैगरी, कार्यकारी सदस्यहरुमा कमल बास्तोला, सुदिप आचार्य, मधु अमात्य, सुजन थापा चयन छन् भने सल्लाहकारहरुमा बिनय बोहारा, बिनय साउद, प्रमेश खरेल, प्रमुख कार्यकारी अधिकृतमा सुभास खड्का र फंक्सनल कमिटी सदस्यहरुमा बृजेश पालिखे, रमेश काफ्ले , आशिष श्रेष्ठ चयन भएका छन् ।

संघले इन्टरनेट सेवा प्रदायकहरुका समस्याहरुलाई एक एक गरी समाधान गर्ने, नेपाल सरकारलाई समस्या समाधान गर्न ध्यानाकर्षण गर्दै दबाब दिने र गुणस्तरीय सेवा दिंदै इन्टरनेट क्षेत्रको विकास गर्ने लगायतका लक्ष्य लिएको छ ।

 

You might also like

Comments are closed.