‘इन्टरनेशनल स्कुल फोर स्किल्स’ले अन्तर्राष्ट्रिय तालीमहरु नेपालमै दिने

‘इन्टरनेशनल स्कुल फोर स्किल्स’ (आइ. एस. एस.) ले विभिन्न अन्तर्राष्ट्रिय तालीमहरु नेपाल भित्र्याउने भएको छ । सोमबार एक कार्यक्रमबीच आइ. एस. एस.को सेवा शुभारम्भ गरिएको छ । नेपालमा लेभल ४ सर्टिफिकेट इन आइ टि, लेभल ५ डिप्लोमा इन आइटि, लेभल ६ प्रोफेस्नल ग्रायडुयट डिग्री इन आइटि सहितको ब्रिटिश कम्प्युटर सोसाइटीले प्रधान गर्ने तालिम नेपालमा रहेको सेकेण्डरी लेभल भन्दा माथिका विद्यार्थीले तालिम लिन सक्नेछन् । आइ. टी. तथा आइ. टी. बाहेकका अरु कुनै संस्थामा काम गरिरहेका व्यक्तिहरूको लागि पनि यो कार्यक्रम प्रभावकारी हुने बताइएको छ । विद्याथीहरुले सफ्टवेर डेवेलोप्मेन्ट, नेट्वोर्किङ तथा इन्फर्मेसन सिस्टमको पढाई लेवल ४ मा गर्न पाउने छन् ।

आइ. एस. एस. ले नेपालमा इ–जाँच नामक परीक्षा गराउने प्रविधि पनि ल्याएको छ । इ– जाँच, ए. आई. प्रविधि प्रयोग सहित विश्व भरी अपनाइदै गरिएको प्रविधिहरु प्रयोग गरी तैयार पारिएको सफ्टवेयर हो। इ–जाँचको प्रयोग कर्पोरेट सहित विभिन्न शैक्षिक संस्थाहरुले आफ्नो परीक्षा गराउन गर्न सक्ने छन् ।

नेपालको भूगोल र प्रविधिको आधारमा इ–जाँचको विकास गरिएको छ। इन्टरनेटको सीमित स्पीडका कारणले गर्दा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै, इ–जाँचको विकास गरिएको अध्यक्ष प्रकाश जलनले जानकारी दिए ।

नेपालमा पहिलो पटक, आइ. एस. एस. ले के. पि. एम. जि. सँग सम्झौता गरी नेपालमै विश्वस्तरीय तालिमका कार्यक्रमहरु पनि लिएर आउँदै गरेको जानकारी गराएको छ । विश्वको ४ ठूलो तालीम दिने संस्था मध्यमा के. पि. एम. जि. पनि पर्दछ । बिजनेस एक्सिलेन्स ट्रेनिङ प्रोग्राम भनिने के. पि. एम. जि. को प्रोग्राम नेपालमा आइ. एस. एस. ले लिएर आउँदै छ। कर्मचारी, विद्यार्थी तथा इन्टप्रेनरहरुको लागि यो कार्यक्रम नेपाल ल्याइएको छ । डिसाइन थिन्किङ एण्ड इन्नोवेशन, सर्विस  डिसाइन, ब्राण्ड स्ट्राटेजी, अजाइल प्राक्टिसनर तथा लिन सिक्स सिग्मा ग्रीन बेल्ट नामक तालिमहरु आइ यस यस ले प्रधान गर्नेछ । आइ. एस. एस. ले नेपालमा कसैको स्किल्सको आंकलन गरी उनीहरुलाई सुहाउँदो तालीम दिइ तालीम लिन आउने विद्यार्थीहरुलाई झन् दक्ष र सक्षम बनाउने अठोट सहित आइ. एस. एस. को सुरुवात गरेको बताइएको छ ।

You might also like

Comments are closed.