दरबार मार्गमा ‘जे एन्ड को’ को फ्ल्यागशिप स्टोर

काठमाडौं । नेपालको अग्रणी लक्जरी रिटेलर ‘जे एन्ड को’ ले काठमाडौं को दरबारमार्गमा आफ्नो नयाँ फ्ल्यागशिप स्टोरको शुरुवात गरेको छ । जे एण्ड को ले नेपालमा एम्पोरियो अरमानीको आधिकारिक लन्च र प्रसिद्ध स्विस लक्जरी ब्रान्ड, बल्लीको पुनः लन्च गरेको छ।

शो रुमको उद्घाटन उद्योगपति राजेन्द्र खेतान र मिस आयरा झुनझुनवालाले गरेका हुन् ।

अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई एउटै छानामुनि उपलब्ध गराउन पाउँदा खुसी लागेको जे एण्ड को का प्रबन्ध निर्देशक पंकज झुनझुनवालाले बताए ।

जे एण्ड को व्यवसायमा अनुभवको निरन्तरता र अनुभव र नयाँ पुस्ताको संयोजनको प्रतीक हो। यो नयाँ बुटिकले नेपालको विकसित फेसन परिदृश्यको लागि एक बेन्चमार्क सेट गर्ने बताइएको छ ।

एम्पोरियो अरमानीले आधुनिक र फेसनमा रुचि राख्ने युवापुस्तालाई लक्षित गरि आफ्नो परिष्कृत इटालियन डिजाइन, न्यूनतावाद र आधुनिक लुकसहितका उत्पादनहरू प्रस्तुत गर्नेछ ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.