नेपाल आइपुग्यो विद्युतीय एसयुभी ‘जेको जे सिक्स’, मूल्य कति ?

काठमाडौं । सारडा समूहअन्तर्गतको एसपिजी अटोमोबाइलले नयाँ ब्राण्डको विद्युतीय गाडी नेपाल भित्र्याएको छ । चिनीयाँ ब्राण्ड ‘जेको’को ‘जे सिक्स’ एसयुभी नेपाल भित्र्याइएको छ । कम्पनीले एउटा गाडी तातो पानी नाकाबाट भन्सार पास गरी नेपाल भित्र्याएको हो ।

भदौमा आयोजना हुने नाडा अटो सोमा यो गाडी प्रदर्शनीमा राखिनेछ भने बुकिङ पनि खुल्ला गरिनेछ । पहिलो चरणमा नेपाली बजारमा एउटा गाडी भित्र्याएको कम्पनीले छिट्टै अन्य गाडी भित्र्याउने तयारी गरेको छ ।

अफरोड लगायत लङड्राइभका लागि गाडी उपयोगी रहेको र नेपाली बजारमा यो विद्युतीय एसयुभी लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।

‘लाइफ स्टाइल एसयुभी’ भनेर ब्राण्डिङ गरिएको यो गाडीको मूल्य नेपालमा ७० लाख भित्र पर्ने बताइएको छ । गाडीमा १ सय ३५ किलोवाट पिक पावर मोटर र ६९.८ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ ।

जे सिक्सको लम्बाई ४४०६ एमएम, चौडाई १९१० एमएम र उचाई १७१५ एमएमछ । फुल चार्जमा गाडीको रेन्ज ५ सय किमी भन्दा बढी हुने बताइएको छ ।

नेपालमा एसपीजी अटोमोबाइलले भित्र्याएको यो गाडीलाई पोखरामा इलाइट मोर्टर्स प्रालिले बिक्री वितरण गर्नेछ ।

You might also like

Comments are closed.